वर्षाका कारण काठमाडौंका सामाखुसी खोलामा बाढी आएको छ।
आइतबार बेलुकी करिब ७ बजेदेखि लगातार भएको वर्षाका कारण सामाखुसी खोलामा बाढी आएको हो।
बाढीले रानीबारी हुँदै सामाखुसी निस्किने सडक पूरै जलमग्न भएको छ।
खोला किनारका घरहरूमा बाढी पसेको छ। मानिसहरू घरबाहिर निस्किएर भल छेक्ने प्रयत्न गरिरहे पनि प्रयास निरर्थक बनेको छ।
सामाखुशी खोलामाथिको ढक्कन अघिल्लो वर्ष मात्रै काठमाडौं महानगरपालिकाले खोलेको थियो।
वर्षाले सामाखुशीको मुख्य सडक पनि जलमग्न छ।
चक्रपथ विस्तारका लागि दायाँबायाँ खनिएको सडकमा पानी भरिएको छ। मुख्य सडकमा भल बगेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले पानीपोखरी क्षेत्रमा पछिल्लो तीन घन्टामा ६१.२ मिलिमिटर वर्षा मापन गरेको छ। काठमाडौंकै बुढानीलकण्ठमा ५९ मिलिमिटर, कपनमा ३८.६ मिलिमिटर वर्षा भएको छ।
हेर्नुहोस् तस्बिरहरूः





















-ink-1726447537.jpeg)
-ink-1726447538.jpeg)
-ink-1726447538.jpeg)
-ink-1726447537.jpeg)
-ink-1726447538.jpeg)
-ink-1726447538.jpeg)