विश्वकर्मा पूजा नजिकिएसँगै मूर्तिकारहरूलाई विश्वकर्माको मूर्ति बनाउन भ्याइ नभ्याइ भएको छ।
हिन्दु धर्मालम्बीहरूले भगवान विश्वकर्माको पूजासँगै प्रविधि र मेसिनरी सामग्रीहरूको विशेष पूजाआजा गर्ने गर्छन्।
ललितपुरको गुसिंगालमा वर्षौदेखि देवी देवताका मूर्ति बनाउने कलाकारहरू विश्वकर्माको मूर्ति बनाउन व्यस्त देखिन्छन्।
यसपटक दुई सय मूर्ति बिक्री गर्ने लक्ष्य लिएको मूर्तिकार विकाउ पण्डितले बताए।
यस वर्ष विगतका तुलनामा मूर्तिको माग धेरै आएको भन्दै यसपटक धेरै मूर्ति बिक्री गरिने उनले बताए। मूर्तिलाई चार हजारदेखि १० हजार रुपैयाँसम्म पर्ने उनले बताए।
विश्वकर्मा पूजाको दिन असोज १ मा विशेष गरी सवारी साधनहरूको पूजा गर्ने प्रचलन रहेको छ।
ग्यारेज कारखानालाई सजिसजाउ गरेर विश्वकर्माको मूर्ति स्थापना गरेर पूजा गरिन्छ। भोलिपल्ट उक्त मूर्तिलाई नदीमा लगेर सेलाउने गरिन्छ।
तस्बिरहरू:
-1726378321.jpg)
-1726378321.jpg)
-1726378321.jpg)
-1726378320.jpg)
-1726378320.jpg)
-1726378319.jpg)
-1726378319.jpg)
-1726378319.jpg)
-1726378319.jpg)