ललितपुरको कुपण्डोलमा सडक भासिएको छ।
शनिबार दिउँसो करिब २ बजे कुपण्डोलको होटल हिमालय नजिकको सडकमा ह्वालह्वाल्ती पानी निस्किएर भासिएको हो।
पाटन ढोकातर्फ जाने सडक र पुल्चोकतर्फ आउने सडक बीचमा रहेको पार्कको छेउबाट सडक भासिएर पानी बाहिर निस्किएको हो।
अकस्मात सडक ह्वालह्वाल्ती पानी निस्कँदा एक जना घाइते भएको प्रत्यक्षदर्शीले जानकारी दिए।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले सडक मुनिबाट लगिएको मेलम्चीको पाइप फुटेर पानी निस्किएपछि सडक भासिएको जानकारी दिए।
सडक भासिएपछि कुपण्डोल क्षेत्रमा जाम भएको छ।
सवारी व्यवस्थापनका लागि त्यहाँ नेपाल प्रहरी र महानगर प्रहरी खटिएका छन्।
तस्बिरहरूः
-1726304935.jpg)
-1726304933.jpg)
-1726304936.jpg)
-1726304935.jpg)
-1726304931.jpg)
-1726304930.jpg)
-1726304930.jpg)
-1726304932.jpg)
-1726304928.jpg)
-1726304929.jpg)
-1726304927.jpg)
-1726304927.jpg)
-1726304936.jpg)