काठमाडौंको टुँडिखेल आसपास क्षेत्रमा सवारीसाधनको जाम भएको छ।
आइतबार दिउँसो विभिन्न प्रदर्शनका कारण टुँडिखेल आसपासका क्षेत्रमा जाम भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी विश्वराज खड्काले जानकारी दिए।
अहिले टुँडिखेल र पुतलीसडक क्षेत्रमा जाम भइरहेको हो। साथै वर्षात् पनि भइरहेको छ। गए रातिदेखि पानी रोकिँदै पर्दै गरेको छ।
बादशाह कुर्मीलाई नेपाली कांग्रेसले लुम्बिनीको मन्त्री बनाएको विरोधमा माइतीघर मण्डलमा धर्ना दिइरहेका प्रदर्शनकारीहरू खालीखुट्टा बालुवाटारतर्फ गइरहेका छन्। यस्तै अन्य ठाउँमा पनि प्रदर्शन भइरहेकोले बाटो जाम भएको हो।
साथै सहकारी पीडितले पनि आज प्रदर्शन गरेका छन्।
यद्यपि ट्राफिक प्रहरीले यसलाई खुलाउने प्रयास गरिरहेका छन्।
तस्बिरहरू: