बादशाह कुर्मीलाई मन्त्री बनाएको विरोधमा अभियन्ताहरूले काठमाडौंमा प्रदर्शन गरिएको छ।
बाँकेकी निर्मलादेवी कुर्मीको हत्या आरोपी बादशाह कुर्मीलाई लुम्बिनीमा नेपाली कांग्रेसले मन्त्री बनाएको विरोधमा काठमाडौंको माइतीघर मण्डलदेखि बालुवाटारसम्म खाली खुट्टा हिँडेर प्रदर्शन गरिएको हो।
रूबी खानको नेतृत्वमा बाँकेका अभियन्ताहरूले काठमाडौंको माइतीघर मण्डलमा बसेर धर्ना दिँदै आएका छन्। साउन २५ गतेदेखि कलंकीदेखि माइतीघरसम्म हिँडेर आएर धर्ना बस्दै आएका थिए।
तीन सातादेखिको धर्नामा सरकारले चासो नदेखाएपछि आइतबार माइतीघर मण्डलदेखि बालुवाटारसम्म खालीखुट्टा हिँडेर प्रदर्शन गरिएको अभियन्ता रूबी खानले जानकारी दिइन्।
'सरकारले बेवास्ता गरेपछि प्रदर्शन गर्न बाध्य भएका हौं,' उनले भनिन्।
उनका अनुसार निर्मला कुर्मीको हत्याको मुद्दा अदालतमा पुर्याउनु पर्ने हो। तर मुख्य आरोप लागेका व्यक्तिलाई मन्त्री बनाइएपछि पीडितले न्याय पाउने सुनिश्चित नभएकाले धर्नामा बस्न बाध्य भएको उनले बताइन्।
यसअघि गृह मन्त्रालय र पीडित परिवारबीच कुर्मीको मुद्दा अदालत पठाउन सहमति भएपछि आन्दोलन फिर्ता भएको थियो। तर मुख्य आरोपीलाई नै प्रदेशको मन्त्री नियुक्त गरेपछि सत्ताधारी पार्टीले पीडकलाई संरक्षण गरिरहेको उनीहरूको आरोप छ।
उनीहरूले बादशाह कुर्मीलाई मन्त्री पदबाट हटाउनुपर्ने, निर्मला कुर्मी हत्या मुद्दा तत्काल अदालत पुर्याउनुपर्ने र आन्दोलनकारीहरूको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने माग छ।
तस्बिरहरूः
-ink-1725182051.jpeg)
-ink-1725182052.jpeg)
-ink-1725182052.jpeg)
-ink-1725182052.jpeg)
-ink-1725182052.jpeg)
-ink-1725182053.jpeg)
-ink-1725182053.jpeg)
-ink-1725182053.jpeg)
-ink-1725182053.jpeg)
-ink-1725182054.jpeg)
-ink-1725182054.jpeg)
-ink-1725182054.jpeg)
-ink-1725182053.jpeg)
-ink-1725182055.jpeg)
-ink-1725182055.jpeg)
-ink-1725182054.jpeg)
-ink-1725182056.jpeg)
-ink-1725182055.jpeg)
-ink-1725182053.jpeg)