काठमाडौंका नदीखोला वरपरका क्षेत्रमा संरचना बनाउँदा अब ४० मिटर छोड्नुपर्ने भएको छ।
अदालतको यो आदेशलाई काठमाडौं महानगरपालिकाले कडाइपूर्वक लागू गर्ने बताएको छ। हुन त यसअघि पनि बागमती र यसका सहायक विष्णुमती, मनोहरा, कोड्कु, रुद्रमती लगायत खोला क्षेत्रमा संरचना बनाउँदा २०/२० मिटर बाटोको दायाँबायाँ छोड्नुपर्ने नियम थियो। उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले यो नियम लगाउन खोजेका थिए।
तर अव्यवस्थित बसोबासी लगायतले अतिक्रमण गरेको किनारका क्षेत्र खाली भएको छैन।
यद्यपि बनिसकेको संरचना के हुन्छ भन्ने बारे अहिले पनि अन्योल रहेको देखिन्छ। काठमाडौंको सामाखुसी खोला वरपर र खोलामाथि नै पनि केही संरचनाहरू बनाइएका छन्।
गत वर्ष महानगरले खोला छोपेर बनाएको बाटो र संरचनाहरू हटाएको थियो। तैपनि यो मापदण्डमा यहाँ वरपरका क्षेत्र तत्काल खाली हुने अवस्था देखिँदैन।
काठमाडौंका खोलानाला, खोल्साखोल्सीहरूमा बनेको यस्ता थुप्रै संरचनाहरू के हुन्छ भन्ने अन्यौल नै छ। काठमाडौं महानगरले कंक्रिटले ढाकेको ढकनी खोलेर राखेको सामाखुसी खोला वरपरको क्षेत्र जहाँ खोलाको नमुना मात्र देख्न सकिन्छ।
कंक्रिटले छोपेको खोला खोलेपछि सामाखुसीदेखि बालाजु, विष्णुमतीसम्मका केही दृश्यहरूः
-1723649854.jpg)
-1723649855.jpg)
-1723649854.jpg)
-1723649854.jpg)
-1723649853.jpg)
-1723649853.jpg)
-1723649853.jpg)
-1723649852.jpg)
-1723649852.jpg)
-1723649852.jpg)
-1723649850.jpg)
-1723649851.jpg)
-1723649851.jpg)
-1723649850.jpg)
-1723649850.jpg)
-1723649850.jpg)
-1723649849.jpg)
-1723649849.jpg)
-1723649849.jpg)
-1723649849.jpg)
-1723649848.jpg)
-1723649848.jpg)