गए रातिदेखि परेको अविरल वर्षका कारण काठमाडौंका विभिन्न बस्तीहरू डुबानमा परेका छन्।
विशेषगरी नदी किनाराका बस्तीहरू डुबानमा परेका हुन्। बस्तीमा बाढी पसेसँगै जनजीवन अस्तव्यस्त बनेको छ।
काठमाडौंको बागमती, विष्णुमती, रुद्रमती मनोहरा, ललितपुरको कोड्कु, भक्तपुरको हनुमन्ते लगायतका खोलामा जलसतह बढेका छन्।
बल्खु, टेकु, थापाथली, सानेपा, ललितपुरको इमाडोल लगायत बस्तीमा पानी पसेको छ।
जल तथा मौसम विज्ञान विभागकाअनुसार काठमाडौंको धाप क्षेत्रमा पछिल्लो १२ घन्टामा ५९.४ मिलिमिटर पानी परेको छ। कपनमा ८४.६, थलीप्मा ६७.६ मिलिमिटर पानी परेको छ।
ललितपुरको गोदावरीमा १०१.६, काठमाडौंको नैकापमा ५६.४ मिलिमिटर पानी परेको छ।
तस्बिरहरू: