ललितपुरको जावलाखेलमा आइतबार रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ।
वर्षा र सहकालको देवता रातो मच्छिन्द्रनाथको भोटो देखाइएको हो।
मच्छिन्द्रनाथको रथ तानेर जावलाखेल पुर्याइएपछि भोटो देखाउने चलन छ।
जावलाखेलमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतको उपस्थितिमा रातो मच्छिन्द्रनाथको भोटो देखाइएको हो।
एक महिना चल्ने रातो मच्छिन्द्रनाथ जात्रामा भोटो देखाउने उत्सव अत्यन्तै छोटो हुन्छ।
विशिष्ट अतिथिहरू जावलाखेल आइसकेपछि लाहा छाप लगाइएको रातो कपडाबाट भोटो झिकेर सबभन्दा पहिला रातो मच्छिन्द्रनाथलाई देखाइन्छ।
त्यसपछि राष्ट्र–प्रमुख तथा सरकार–प्रमुखलाई देखाइन्छ, अनि रथ वरिपरि घुमेर चारै दिशामा पालैपालो प्रदर्शन गरिन्छ।
सार्वजनिक प्रदर्शनपछि भोटोलाई फेरि त्यही रातो कपडामा पट्टयाएर लाहा छाप लगाइन्छ। यसबीच सेनाको टुकडीबाट सलामीसहित राष्ट्रिय धुन बजाइन्छ।
सानो र छोटो विधि भए पनि यसको चर्चा यति व्यापक छ, धेरैले रातो मच्छिन्द्रनाथको जात्रालाई नै भोटो जात्राका रूपमा चिन्छन्।
भोटो देखाएसँगै यसपालिको रातो मच्छिन्द्रनाथको जात्रा सकिएको छ।
आइतबार नै रातो मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखेर बुंगमती फिर्ता लगिन्छ।
तस्बिरहरू: