दाङमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएपछि मृतकका आफन्तले घोराही-तुलसीपुर सडक अवरूद्ध गरेका छन्।
शुक्रबार बेलुका सवा ८ बजे घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको लु २ ख ५०८५ नम्बरको टिप्परले घोराही – १० अम्राई नजिक बा ५८ प ५६०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
टिपरको ठक्करबाट मोटरसाइकलमा चालक घोराही–९ का ३९ वर्षीय कुलबहादुर बस्नेत गम्भीर घाइते भएका थिए।
उनलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा आइतबार बिहान मृत्यु भएपछि आफन्त र स्थानीयले प्रदर्शन गरेका हुन्।
उनीहरूले मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने र टिपर चालकलाई कडा कारबाही गर्नुपर्ने माग राखेर प्रदर्शन गरेको दाङका प्रहरी प्रमुख रामबहादुर केसीले जानकारी दिए।