कोटेश्वरदेखि कलंकीसम्म रहेको ललितपुरतर्फको रिङरोड सडकखण्ड यतिबेला निकै सुन्दर देखिएको छ।
दायाँबायाँ र खाली रहेका बीचका भागमा रोपिएका बोट र फूलहरूले सडकको सुन्दरता बढाएको छ।
बोटहरूमा फुलेका विभिन्न फूलसँगै भुइँमा दुबोको हरियालीले पनि सडक शीतल देखाएको छ।
कोटेश्वरदेखि कलंकीसम्म १०.२ किलोमिटर खण्डमा वृक्षरोपण र मर्मतसम्भारको जिम्मा एनसेलले लिएको छ। एनसेलले आफ्नो सामाजिक उत्तरदायित्त्व (सिएसआर) अन्तर्गत यहाँ हरियाली बनाएको हो।
ललितपुर रिङरोडको सानेपा, एकान्तकुना सातदोबाटो, बल्खु लगायतका क्षेत्रमा पर्ने यो क्षेत्रका केही सुन्दर तस्बिरहरू हेरौं: