साउन महिना प्राकृतिक रूपमै हरियालीको महिना हो।
हिन्दु परम्पराअनुसार महिलाहरूले पनि हरियो चुरा, पोते लगाउने चलन रहिआएको छ।
विवाहित महिलाले साउनमा हरियो चुरा हातमा मेहन्दी लगाउनाले श्रीमानको आयु बढ्ने र अविवाहिता महिलाले लगाए मनले चिताएको पूरा हुने धार्मिक विश्वास पनि रहिआएको छ।
साउन लागेसँगै बजारमा हरियो चुरा, पोते र हातमा मेहन्दी लगाउनेको घुइँचो देख्न सकिन्छ। काठमाडौंको असन, इन्द्रचोकको बजारहरूमा यस्तो दृश्य देख्न सकिन्छ।
तस्विरहरु :