काठमाडौंमा लगातारको वर्षाले बल्खुको तरकारी बजार डुबानमा परेको छ।
शुक्रबार रातिदेखि अविरल वर्षाका कारण बागमती नदीमा आएको बाढी तरकारी बजारमा छिरेको हो।
बाढी तरकारी बजारमा छिर्दा त्यहाँ राखिएका फलफूल र तरकारी बगाएको छ भने ढुवानीका लागि प्रयोग गरिएको ट्रकसमेत बगाएको छ।
बाढी छिरेपछि व्यवसायीले बाँकी रहेका तरकारी तथा फलफूल सुरक्षित स्थानमा सारेका छन्।
बल्खुको तरकारी बजार बर्सेनि बर्खामा डुबानमा पर्छ।
तस्बिरहरूः