९ करोड बढी सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरीले अध्यक्षलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले आइडियल यमूना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका ६५ वर्षीय अध्यक्ष कृष्णबहादुर उप्रेतीलाई पक्राउ गरेको एसपी नवराज अधिकारीले जानकारी दिए।
दोलखा घर भई काठमाडौं सुकेधारा बस्ने उप्रेतीविरूद्ध ९ करोड २६ लाख ९ हजार ६६४ रकम अपचलन गरेको आरोप छ।
उनीसहित १२ जनाविरूद्ध ठगी सम्बन्धी प्रहरी वृत्त महाराजगंजमा जाहेरी परेको थियो।
अदालतबाट पक्राउ अनुमति लिएर अध्यक्ष उप्रेतीलाई पक्राउ गरेको हो।
हाम्रो सगरमाथा, आइडियल यमूना, नागरिक कयाण, तपाईं हाम्रो र घेदुङ बहुउद्देश्यीय सहकारी यी पाँच वटा संस्था एकीकृत भई आइडियल यमूना हाम्रो बहुउद्देयीय सहकारी संस्था लिमिटेड कायम भएको थियो। उक्त संस्था गत चैत ९ गते सहकारी विभाग नयाँ बानेश्वरमा दर्ता भएको थियो।
प्रहरीले यस सम्बन्धी थप अनुसन्धान अघि बढाएको छ।