काठमाडौंको सोह्रखुट्टेमा सडक भासिएको छ।
बुधबार बिहान करिब साढे ६ बजेतिर सोह्रखुट्टे चोकबाट बालाजुतर्फ केही तल सासा नजिकै सडक बीच भागमा भासिएको हो।
सडक भासिएर बनेको खाल्डोमा एउटा मोटरसाइकल समेत डुबेको छ।
मोटरसाइकलमा दुई जना सवार रहेको उनीहरू सकुशल बाहिर निस्किएका थिए। खाल्डोमा परेको मोटरसाइकल पूर्ण रूपमा डुबेको थियो।
खाल्डोमा डुबेको मोटरसाइकललाई क्रेनबाट केहीबेरअघि निकालिएको प्रहरी वृत्त सोह्रखुट्टेले जनाएको छ।
सडक भासिएर जमिनमुनीबाट पानी आइरहेको छ।
प्रहरीका अनुसार पानी ढल फुटेर आएको हो कि अरू नै हो भनेर बुझ्ने प्रयास भइरहेको छ।
महानगरले मोटर प्रयोग गरेर त्यहाँको पानी निकालिरहेको छ।
भिडिओ/तस्बिरहरूः