सहकारी पीडितले काठमाडौंमा प्रदर्शन गरेका छन्।
बचत फिर्ताको माग राख्दै आन्दोलन पीडितहरूले शुक्रबार माइतीघर मण्डलबाट बानेश्वरसम्म नाराबाजीसहित जुलुस प्रदर्शन गरेका हुन्।
सहकारीहरूले रकम हिनामिना गर्दै बचतकर्ताको उठिबास लगाएको भन्दै शुक्रबारदेखि अनिश्चितकालीन धर्ना र रिले अनसन सुरू गरेका छन्।
उनीहरूले यसबीचमा भएको सरकारसँगको सम्झौताको कार्यान्वयन र दोषीमाथि कडा कारबाहीको माग राखेका छन्।
अहिलेको आन्दोलन सहकारी बचतर्का राष्ट्रिय संरक्षण महाअभियानले गरिरहेको हो।
तस्बिरहरू: