काठमाडौंको भृकुटीमण्डपमा विद्यार्थी महोत्सव सुरू भएको छ।
मंगलबारदेखि सुरू भएको महोत्सव जेठ ३ गतेसम्म चल्ने अनेरास्ववियुले जनाएको छ।
उक्त कार्यक्रम एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन्। यद्यपि ओली कार्यक्रमस्थलमा आइपुगिसकेका छैनन्।
शैक्षिक सुधारका लागि महोत्सव आयोजना गरिएको अनेरास्ववियुले जनाएको छ।
अनेरास्ववियुले स्थापना भएको ६० वर्ष पुगेको अवसरमा विद्यार्थी महोत्सव गरेको हो।
उनका अनुसार विद्यार्थीको रचनात्मक गतिविधिहरू जोडेर विद्यार्थीलाई विभिन्न सीप तथा ज्ञानको बारेमा सिकाइनुका साथै प्रदर्शन गरिनेछ।
महोत्सवमा विभिन्न एक सय ५० वटा स्टलहरू राखिएको छ।
तस्बिरहरू: