रूकुम पश्चिमको आठबिसकोटबाट जाजरकोटको रिम्ना जाँदै गरेको ट्याक्टर भेरी नदीमा खसेको छ।
भे २ त १६६८ नम्बरको ट्याक्टर शुक्रबार दिउँसो साढे १२ बजे आठबिसकोट नगरपालिका-१४ छेपारेस्थित जाजरकोट-डोल्पा सडकबाट भेरी नदीमा खसेको हो।
ट्याक्टर चालक आठबिसकोट नगरपालिका-१४ छेपारेका २२ वर्षीय विकास खड्का र सोही ठाउँका १८ वर्षीय हरि आचार्यको दुर्घटनास्थलमै मृत्यु भएको रूकुम पश्चिमका डिएसपी नवराज पोखरेलले जानकारी दिए।
सोही स्थानका आठबिसकोट– १४ का चिन्तामणि शर्मा, सोही ठाउँका १८ वर्षीय विकास पोखरेल र सानोभेरी– ४ का १६ वर्षीय निशान बुढाथोकी घाइते भएका छन्।
उनीहरूको मिसन अस्पताल चौरजहारीमा उपचार भइरहेको डिएसपी अधिकारीले बताए।
ट्याक्टर नदीमा खस्नुअघि नै त्यसमा सवार रहेकाहरू उछिट्टिएर पाखामा पुगेको प्रहरीले जानकारी दिएको छ। दुर्घटनाको कारण खुली सकेको छैन ।