श्रीमतीको गोप्य तस्बिर सार्वजनिक गरी चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
साइबर ब्युरोले काठमाडौं महानगरपालिका वडा नम्बर ३२ जडिबुटी बस्ने २४ वर्षीय फुर्साङ रूम्बालाई पक्राउ गरेको एसपी दिपकराज अवस्थीले जानकारी दिए।
उनले विदेशमा हुँदा आफ्नी श्रीमतीसँग ह्वाट्सएपमा कुराकानी गर्ने क्रममा लिएका गोप्य तस्बिर/भिडिओ सामाजिक सञ्जालमा नक्कली आइडी बनाएर अपलोड गरेका थिए।
अपलोड गरी पीडितका साथीहरूलाई समेत पठाएर बेइज्जती गरेको भन्दै पीडितले ब्युरोमा उजुरी दिएकी थिइन्।
अनुसन्धान गर्ने क्रममा प्रहरीले यस्तो काम गर्ने व्यक्ति पीडितकै श्रीमान भएको खुलेको हो।
प्रहरीले श्रीमान रूम्बालाई पक्राउ गरी जिल्ला अदालत काठमाडौंबाट पाँच दिन हिरासतमा राख्न अनुमति लिएको छ।