पशुपतिनाथ धार्मिक–सांस्कृतिक वैभव हो। यहाँ मानिसहरू आफ्नो मनोकांक्षा मात्र पूर्ति गर्न आउँदैनन्। न तीर्थाटनका लागि मात्रै आउने गर्छन्।
भगवान् शिवको पूजा–अर्चनाका अरिक्त मानिसहरू घुमफिरका लागि पनि पशुपति र आसपासका रमणीय स्थान रोज्न थालेका छन्।
त्यसो त, काठमाडौंमा रहेको पाशुपत क्षेत्र धार्मिक मात्र नभइ पर्यटकीय हिसाबले पनि उत्तिकै महत्त्वपूर्ण छ।
विश्व सम्पदा क्षेत्रमा सूचीकृत पशुपति क्षेत्र धार्मिक ऐतिहासिक तथा प्राचीन महत्त्वका कला–कौशल भएका कारण यो एउटा खुल्ला संग्रहालय जस्तै हो।
यहाँ हरेक पल नवीन गतिविधिहरू पनि देख्न सकिन्छ। यहाँ बिहानैदेखि भक्तजनहरूको घुइँचो लाग्छ। गोधूलि साँझमा हुने आरतीले मनलाई स्निग्ध र शान्त तुल्याउँछ।
त्यसका अतिरिक्त श्लेषमान्तक उपवन क्षेत्र खुला व्यायामशाला पनि बनेको छ। वनकाली परिसरमा निस्फिक्री उफ्रिइरहेका मृग सावकहरू हेर्न पनि मानिसहरूको बाक्लै आउजाउ चलिरहन्छ।
पशुपति नाथ परिसरमा एकाबिहानै पुग्दा यहाँ विविध गतिविधिहरु देख्न सकिन्छ। मानिसहरू आ–आफ्नै लयमा चलायमान देखिन्छन्।
यहाँ धर्म र कर्म बराबरी गर्नेहरू देख्न सकिन्छ। दुरदराजबाट आएका भक्तजन पशुपतिनाथमा पूजा अर्चना गर्न तल्लीन देखिन्छन्। पाशुपत परिसरलाई गरिखाने थलो बनाएकाहरू बिहानैदेखि सक्रिय हुन्छन्।
कर्मचारीहरू आफ्नै काममा व्यस्त देखिन्छन् भने यहाँ शारीरिक व्यायाम गर्नेहरूको थरीथरी समूह पनि देखिन्छ।
नित्य पूजापाठसँगै यहाँ रहेका चौपायाहरूको निम्ति आहार–विहारको जोहो गरेर बिहानै बाँड्न आउनेहरूले पनि पशुपतिमा सौन्दर्य थपिरहेका हुन्छन्।
एक बिहान पशुपतिमा डुल्दा देखिएका यस्तै मनमोहक दृश्यहरूः
हेरौं तस्बिरमा:
-1714450921.jpg)
-1714450921.jpg)
-1714450921.jpg)
-1714450920.jpg)
-1714450920.jpg)
-1714450920.jpg)
-1714450920.jpg)
-1714450919.jpg)
-1714450919.jpg)
-1714450919.jpg)
-1714450919.jpg)
-1714450917.jpg)
-1714450917.jpg)
-1714450918.jpg)
-1714450918.jpg)
-1714450917.jpg)
-1714450917.jpg)
-1714450916.jpg)
-1714450916.jpg)
-1714450916.jpg)
-1714450915.jpg)
-1714450915.jpg)
-1714450915.jpg)
-1714450914.jpg)
-1714450914.jpg)
-1714450914.jpg)
-1714450914.jpg)
-1714450922.jpg)