काठमाडौं शंखमुलस्थित आगलागी भएको छ।
आइतबार दिउँसो शंखमुलको दोभानचोकस्थित मोटरसाइकल वर्कशपबाट आगलागी सुरू भएको र त्योसँगै जोडिएका कार वर्कशप र दुई टहरामा आगलागी भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले आगलागी भएको सूचना प्राप्त भएको र आगो निभाउन दमकल, प्रहरी र सुरक्षाकर्मी खटाइएको जानकारी दिए।
'आगलागी भएको छ भन्ने कुरा आएको छ। बाँकी बुझ्दैछौं,' उनले भने।