ललितपुरको ग्वार्कोमा फ्लाइओभर निर्माण कार्यलाई तीव्रता दिइएको छ।
कुल चार सय ५५ मिटर लम्बाइको फ्लाइ ओभरमा ग्राउण्ड क्लियरेन्स ६ मिटर हुनेछ। फ्लाइ ओभरमा सवारी साधन चढ्नका लागि एक सय ८० मिटर दायाँतर्फ र एक सय १० मिटर बायाँतर्फ र्याम्प निर्माण गरिँदैछ।
चक्रपथ विस्तार आयोजनाअन्तर्गत विस्तारित सडकखण्डको ग्वार्को चोकमा १७ करोड ३७ लाख रुपैयाँ लगानीमा फ्लाइओभर निर्माण कार्यलाई तीव्रता दिइएको हो।
फ्लाइओभर निर्माणको ठेक्का पाएको आशिष-समानान्तर जेभीले पछिल्लो समय फ्लाइ ओभरको २४ सै घण्टा काम गरिरहेको दाबी गरेको छ। दुई वर्षभित्र फ्लाइओभर निर्माण गर्ने गरी सम्झौता भए पनि त्यसअनुसार काम हुन सकेन।
चालु आर्थिक वर्षभित्रै आयोजना सक्ने दाबी निर्माण कम्पनीको छ।
तस्बिरहरू: