रुसी सेनामा भर्ती भएर बेपत्ता भएका नेपालीका परिवार तथा आफन्तहरूले सिंहदरबारअगाडि प्रदर्शन गरेका छन्।
उनीहरूले सोमबार बिहान सिंहदरबारको मूलगेटअगाडि प्रदर्शन गरेका हुन्।
निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले १६ जनालाई नियन्त्रणमा लिएको छ।
रूस–युक्रेन जारी युद्धमा आफन्त बेपत्ता भएको भन्दै उनीहरू प्रदर्शनमा उत्रिएका थिए।
यस्तै उनीहरूले युद्धमा घाइते भएका नेपालीको नि:शुल्क उपचार, राहतको मागसमेत गरेका छन्।
तस्बिरहरू: