इसराइलले प्यालेस्टाइनमा गरेको आक्रमण र युद्धको समय त्यहाँ कार्यरत स्वास्थ्यकर्मीमाथि भोग्नुपरेको त्रासदीको विरोधमा नेपाली चिकित्सक र स्वास्थ्यकर्मीले शान्तिपूर्ण प्रदर्शन गरेका छन्।
शुक्रबार महाराजगञ्जस्थित शिक्षण अस्पतालबाट मार्च पास गर्दै उनीहरूले इजरायल दूतावास अगाडि प्रदर्शन गरेका हुन्।
'हामी नेपाली चिकित्सक, नर्स, जनस्वास्थ्यकर्मी र अन्य विभिन्न स्वास्थ्य क्षेत्रमा काम गर्ने सबै नेपाली तर्फबाट इसराइल सरकारले प्यालेस्टाइनका नागरिकमाथि देखाएको क्रुर बर्बरताको घोर भर्त्सना गर्दछौं,' उनीहरूले विज्ञप्तिमा उल्लेख गरेका छन्।
अन्तर्राष्ट्रिय सञचार माध्यमका अनुसार अक्टोबर ७ देखि गाजामा सुरू भएको इसरायली कारबाहीमा ६८५ स्वास्थ्यकर्मीको मृत्यु भएको छ र हजारौं घाइते भएका छन्।
इसरायलको युद्धको परिणाम स्वरूप, गत पाँच महिनामा ३१ हजारभन्दा बढी मानिसहरूले ज्यान गुमाएका छन्, जसमध्ये अधिकांश महिला र बालबालिका छन्।
तस्बिरहरू: