काठमाडौंको जगडोलस्थित जंगलमा पुग्दा डोरीको सहायताले कोही भिरबाट साथीलाई तानिरहेका थिए भने कोही रूखमा झुण्डिएर एकअर्कालाई तानिरहेका थिए।
यो दृष्य महिला ट्रेकिङ गाइडहरूले लिएको रेस्क्यू तालिमको हो।
सुरक्षित हुन माउन्टेन गियरहरू लगाएका यी महिलाहरू हिमाल आरोहण गर्न अथवा नेपाल आएका पथप्रदर्शकहरूलाई यदि भिरमा तथा हिमालका खोंचहरूमा खसे कसरी सुरक्षित रूपमा उद्धार गर्ने भनेर तालिम लिइरहेका थिए।
नेपाल पर्यटन बोर्ड र पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले संयुक्त रूपमा नेपाली महिला गाइडहरूलाई सुरक्षित र गुणस्तरीय पर्यटन प्रवर्द्धनको निम्ति यो तालिम दिएको हो।
नेपाल पर्वतारोहण प्रशिक्षक संघको प्राविधिक सहयोगमा चार जना दक्ष प्रशिक्षकहरूले एक हप्तासम्म उक्त तालिम प्रदान गरिएको एक प्रशिक्षक लामबाबु शेर्पाले जानकारी दिए।
तालिममा २३ जना महिला ट्रेकिङ गाइड र आरोहीहरूको सहभागी थियो।
तस्बिरहरू :
-1711522218.jpg)
-1711522215.jpg)
-1711522215.jpg)
-1711522218.jpg)
-1711522217.jpg)
-1711522217.jpg)
-1711522217.jpg)
-1711522216.jpg)
-1711522216.jpg)
-1711522216.jpg)
-1711522213.jpg)
-1711522213.jpg)
-1711522213.jpg)
-1711522213.jpg)
-1711522212.jpg)
-1711522212.jpg)
-1711522211.jpg)
-1711522211.jpg)
-1711522215.jpg)
-1711522215.jpg)
-1711522214.jpg)
-1711522214.jpg)
-1711522218.jpg)