वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागु पर्व आइतबार पहाडी तथा हिमाली क्षेत्रमा आपसमा रङ दलेर मनाइँदैछ।
फागु पर्वको अवसमार काठमाडौंको वसन्तपुरमा हर्षोल्लास छाएको छ।
फागु पर्व मनाउन ठाउँ-ठाउँबाट भेला भएका युवायुवतीहरू वसन्तपुर, हनुमानढोका दरबार क्षेत्रमा आइतबार बिहानैदेखि आपसमा रङ दलेर उमंग साटिरहेका छन्।
वसन्तपुर, हनुमानढोका क्षेत्रमा बर्सेनि फागु पूर्णिमाको साँझसम्मै ठूलो उल्लास छाउँछ।
आपसमा फागु दलेर विदेशीहरू पनि रमाउने गर्छन्।
यस्तै, काठमाडौं उपत्यकाका ठाउँ-ठाउँमा कन्सर्ट आयोजना गरिएको छ। दरबार मार्ग क्षेत्रमा बिहानैदेखि कन्सर्ट चलिरहेको छ।
केही वर्षअघिसम्म उपत्यकामा आपसमा पानी र रङ छ्यापाछ्याप गरेर मनाउने यो वर्ष पछिल्ले समय सभ्य बन्दै गएको छ।
सडकमा कामविशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ।
यस पर्वका अवसरमा आइतबार काठमाडौंको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन्।
चीरमा राखिएका ध्वजापताका औषधोपचारमा काम लाग्ने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ।
फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मयलको रूखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु प्रारम्भ हुन्छ।
तस्बिरहरूः
-1711275327.jpg)
-1711275325.jpg)
-1711275326.jpg)
-1711275326.jpg)
-1711275326.jpg)
-1711275325.jpg)
-1711275325.jpg)

-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)