यसपालिको होली फागुन ११ गते (आइतबार) परेको छ। तराईमा त्यसको भोलिपल्ट।
काठमाडौं होलीको समयमा टिसर्ट, रङ, पिच्कारी लगायतका सामग्रीको माग ह्वात्तै बढ्छ। त्यसो हुँदा बजारमा मानिसहरूको बाक्लो चहलपहल हुनेगर्छ।
तर यसपालि होली नजिकिए पनि बजारमा होलीका लागि मालसामन किन्न त्यति धेरै मानिसहरू नआएको व्यवसायीहरू बताउँछन्।
'टि-सर्ट र रङ पनि यसपालि धेरै बिकेको छैन,' एक व्यवसायीले सेतोपाटीसँग भनिन्, ' मानिसहरूको पनि खासै चहलपहल पनि छैन।'