काठमाडौंको आर्ट काउन्सिलमा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी जारी छ।
राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार उक्त चित्रकला प्रदर्शनीको उद्घाटन गरेका थिए।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको सो प्रदर्शनीमा विभिन्न ५० देशका चित्रकारले बनाएका एक सय ७० बढी चित्रहरू समावेश गरी प्रदर्शनी गरिएको छ। काठमाडौंको आर्ट काउन्सिलमा जारी प्रदर्शनी फागुन १७ गतेसम्म चल्नेछ।
'मुन्दुम' हजारौं वर्षदेखि एकबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै आएको समग्र किरातीहरूमा प्रचलित मौखिक ज्ञान हो।
सरल भाषामा भन्नुपर्दा मुन्दुम भनेको किराती धामीहरूको मन्त्र हो।
तर किरातीहरूको दार्शनिक दृष्टिकोण, अनुभव, इतिहास, भाषा, साहित्य, संस्कृति, भूगोल, गीत-संगीत, पर्यावरणीय ज्ञानजस्ता महत्वपूर्ण कुराहरूको मूल स्रोत भएको हुनाले नेपाली समाजको भव्य बौद्धिक सम्पदा पनि हो मुन्दुम।
मुन्दुमका आधारमा किराती समाज सञ्चालन हुने हुनाले यसलाई सामाजिक संविधान पनि भन्ने गरेको छ।
तस्बिरहरू:
-1708418823.jpeg)
-1708418823.jpeg)
-1708418822.jpeg)
-1708418822.jpeg)
-1708418822.jpeg)
-1708418821.jpeg)
-1708418821.jpeg)
-1708418821.jpeg)
-1708418821.jpeg)
-1708418820.jpeg)
-1708418820.jpeg)
-1708418819.jpeg)
-1708418819.jpeg)
-1708418819.jpeg)
-1708418818.jpeg)
-1708418818.jpeg)
-1708418817.jpeg)
-1708418817.jpeg)
-1708418817.jpeg)
-1708418817.jpeg)
-1708418819.jpeg)
-1708418816.jpeg)