काठमाडौंको मौसम धुम्म देखिएको छ।
मंगलबार बिहान काठमाडौंका विभिन्न स्थानमा हुस्सु र कुहिरो लागेर धुम्म देखिएको हो।
यस वर्ष काठमाडौंमा २.१ डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन भएको थियो।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु आंशिक प्रभाव देखिएको छ।
मंगलबार दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ।
उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ।
राति कर्णाली प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने छ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले बताएको छ।
तस्बिरहरू: