काठमाडौंको कीर्तिपुरमा इन्द्रायणी जात्रा मनाइएको छ।
यतिबेला काठमाडौंको दक्षिण भेगका सबै गाउँहरू जात्रामय छन्।
अहिले ती भेगमा सात गाउँले जात्रा चलिरहेको छ। कीर्तिपुर, बोसीगाउँ, नगाउँ, सतुंगल, पाँगा, मच्छेगाउँ र ल्होंखा यी सात गाउँ मिलेर जात्रा गर्ने गरिन्छ। यी सात गाउँका जात्रामध्ये आज कीर्तिपुरमा जात्रा चलेको हो।
कीर्तिपुरमा बाघभैरवको मन्दिर अत्यन्त प्रशिद्ध छ। इन्द्रायणी देवीको द्यःछेँ पनि यही बाघभैरव मन्दिर परिसरमा छ। आज सोही मन्दिर परिसरबाट जात्रा सुरू भएको हो।
यसमा इन्द्रायणी देवीलाई खटमा राखी कीर्तिपुर नगर परिक्रमा गराइन्छ।
तस्बिरहरू: