काठमाडौंको आकास बिहानैदेखि बादलले ढाकेको छ।
मौसमविद् गंगा नगरकोटीले पश्चिमी वायु र भारतको छत्तिसगढमा अवस्थित न्यूनचापीय क्षेत्रको आंशिक प्रभावका कारण काठमाडौंको मौसम बदली भएको बताइन्।
घाम नलागेपछि काठमाडौं उपत्यकामा बिहीबार चिसो बढेको छ। आजको न्यूनतम तापक्रम ९.७ डिग्री मापन भएको छ।
बिहीबार दिनभरजसो मौसम यस्तै धुमिल हुने मौसमविद् नगरोकोटीको भनाइ छ।
जाडो याममा मौसम खुल्ने र बदली हुने क्रम चलिरहने उनले बताइन्।
तस्बिरहरू: