आज ३२ औं अन्तराष्ट्रिय अपांगता दिवस विविध कार्यक्रम गरी मनाइएको छ।
सोही अवसरमा राजधानीमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको हो।
विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९२ देखि बर्सेनि डिसेम्बर ३ मा संसारभर विश्व अपांगता दिवस मनाइन्छ।
यस वर्ष ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता; अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता’ भन्ने मूल नारासहित सो दिवस मनाइएको छ।
भद्रकालीदेखि सुरू भएको प्रभातफेरी कार्यक्रम भृकुटीमण्डप पुगेर भेला भई समापन भएको थियो।
तस्बिरहरूः