काठमाडौंको माइतीघर मण्डल सुनसान छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर-नयाँ बानेश्वर क्षेत्र निषेधित घोषणा गरेपछि यहाँ सुनसान छ।
निषेधित क्षेत्र घोषणाअघि माइतीघर गुलजार हुन्थ्यो। आफ्ना कुरा र माग सुनाउन मानिसहरूले माइतीघरमा धर्ना तथा प्रदर्शन गरिरहेका हुन्थे।
प्रशासनले निषेधित क्षेत्र तोकेपछि नागरिकहरूले माइतीघरमा बसेर सरकारलाई आफ्ना कुरा सुनाउनबाट बञ्चित भएका छन्।
माइतीघरमा निषेधित क्षेत्र लेखिएको ब्यानर राखिएको छ। सुरक्षाका लागि केही प्रहरीहरू खटिएका छन्।
मंसिर ७ गते युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षले काठमाडौंमा कार्यक्रम गर्ने भएपछि माइतीघर क्षेत्र एक महिनाका लागि निषेधित क्षेत्र तोकिएको हो।
तस्बिरहरू: