काठमाडौंको पशुपतिनाथमा गाईपूजा गरिएको छ। 
गाईतिहारको अवसरमा पशुपतिका बटुकहरूले गाईपूजा गरेका हुन्। 
आज देशैभरका हिन्दु धर्मावलम्बीहरूले गाईलाई मिठो खानेकुरा खान दिएर पुजा गरी गाइतिहार मनाउँछन्। 
गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ।
गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ।
तस्बिरहरूः 





















