तिहार पर्व नजिकिँदै गर्दा नेपाली मौलिक बाजा मादलको माग ह्वात्तै बढेको छ।
तिहारमा देउसी-भैलो खेल्ने परम्पराले गर्दा अरू बेलाभन्दा तिहारमा मादलको माग बढी हुने गरेको छ।
काठमाडौंको क्षेत्रपाटीस्थित एक मादल बनाउने कारखानामा पुग्दा त्यहाँ चाङ लगाएर मर्मत गरिरहेको भेटियो। धादिङका सानु पुलुका तीनभाइ मिलेर चलाएको अन्जान एन्ड आशिष म्युजिक सपमा उनीहरूले नयाँ मादल बनाउनेदेखि पुरानो मर्मत-सम्भार समेत गर्ने गर्छन।
बिगत १५ वर्षदेखि सोही स्थानमा मादल व्यवसाय गर्दै आएका यी दाजुभाइ हिजोआज मादलको व्यापार खस्केको बताउँछन।
पोहोरसम्म आफूहरूले काम गर्न नभ्याएर काम गर्ने मान्छेहरू राख्नु परेको अनुभव सुनाउँदै यसपटक उतिसारो माग नआएको बताउँछन।
यसअघि तिहारको ३-४ दिनमै पाँच–छ लाखको मादल बेच्ने उनीहरू यसपटक मुस्किलले १ लाखसम्म व्यापार हुने आशा रहेको बताउँछन।
आजभोलि स्पिकर बजाएर देउसी खेल्ने चलन आएकाले पनि नयाँ पुस्ताले मादल बजाउनै नसिकेको उनीहरूको भनाइ छ।
काभ्रे, सिन्धुपाल्चोकलगायत धादिङ, गोरखा, स्याङ्जासम्मका मानिसहरू आफूहरूको नियमित ग्राहक रहेको उनीहरू बताउँछन।
केही तस्बिरहरू :