बानेश्वर चोकमा हुने ट्राफिक व्यवस्थापनका लागि नयाँ ढंगमा डिभाइडर राखिएको छ। अन्य ठाउँमा राखिने तरिकाभन्दा यहाँ केही भिन्न तरिकाले डिभाइडर राखिएको छ।
सडक विभागका उपमहानिर्देशक एवम् प्रवक्ता रामहरि पोखरेलका अनुसार जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) ले जापानी तरिका अपनाउँदै नेपालमा यस्तो तरिकाले बानेश्वरको चौबाटोमा लेन छुट्याउँदै डिभाइडर हो।
'ट्राफिक व्यवस्थापन र मानिसहरूको आवगजावतलाई पनि सहज हुने तरिकाले लेन छुट्याइएको हो। जापानका रोडहरू यसै गरी व्यवस्थित गरिएको भन्ने छ,' उनले भने, 'त्यो सबै काम जाइकाले सहयोगको रूपमा गरेको हो।'
उनका अनुसार जाइकाले नेपालमा यातायात पूर्वाधारको विकासका लागि विभिन्न प्रोजेक्टहरूमा काम गर्दै आएको छ।
अहिले डिभाइडर राखेको तरिका उपयोगी भए नेपाल सरकारकै खर्चमा काठमाडौं लैनचौरको चौबाटोमा पनि सोही प्रकारको डिभाइडर राख्ने उनले बताए।