दसैं सुरू भएसँगै देशको राजधानी काठमाडौंबाट घर फर्किनेहरूको भीड छ।
घटस्थापनादेखि नै मानिसहरू आ-आफ्नो गाउँ फर्किने क्रम सुरू हुन्छ। लाखौं मानिसहरू काठमाडौं उपत्यका छाडेर परिवारसँग दसैं मनाउन गाउँ फर्किइसकेका छन्।
रोजगारीको शिलशिलामा विदेशमा रहेका मानिसहरू पनि फर्किएका छन्।
तर दसैं मनाउन देश फर्किनेसँगै दसैं छाडेर विदेशिनेहरूको संख्या पनि उस्तै छ। दसैंको मुखमा रोजगारी, पढाइका लागि उनीहरू विदेशिन बाध्य छन्।
निधारमा टीका, हातमा पासपोर्ट, टिकट र गहभरि आँसु बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्ष छिर्ने सबैको उस्तै–उस्तै बध्यता छन्।
कसैलाई कम्पनीले यही समयमा रिटर्न टिकट पठायो, कोही यही समयमा कलेज पुग्नुपर्ने त कसैलाई मेनपावरले यही समयमा जाने उर्दी दियो। यस्ता यावत कारणसहित सुटकेश बोकेर मानिसहरू विदेशिएका छन्।
तस्बिरहरू: