नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट दिन थालेको छ।
दसैं सुरू भएसँगै राष्ट्र बैंकले सोमबारदेखि केन्द्रीय कार्यालय बालुवाटारबाट नयाँ नोट दिन थालेको हो।
नयाँ नोट लिनका लागि सर्वसाधारण लाइन लागेका छन्।
यसपालि दसैंका लागि मात्रै १० अर्बभन्दा बढी रुपैयाँको नयाँ नोट बनाएको छ।
राष्ट्र बैंकले एक जनालाई १८ हजार पाँच सय रुपैयाँसम्म साँट्न पाउने सुविधा दिएको छ।
सर्वसाधारणले पाँच रुपैयाँदेखि एक सय रुपैयाँसम्मको नयाँ नोट पाउने छन्।
विगतका दसैंहरूमा सात/आठ अर्ब रुपैयाँ बराबरका नयाँ नोट बजारमा सटही भएको थियो।
यसपटक क्युआर कोडमार्फत् रकम भुक्तानी गरेर समेत नयाँ नोट साट्न सकिने मुद्रा व्यवस्थापन विभाग प्रमुख नरेश शाक्यले जानकारी दिए।
हाललाई यो सुविधा राष्ट्र बैंकको बालुवाटार कार्यालयमा मात्रै प्राप्त हुनेछ।
तस्बिरहरूः
यो पनिः कसरी सुरू भयो दसैंमा नयाँ नोट साट्ने चलन?