कंक्रिटका संरचना बढेसँगै काठमाडौंको सुन्दरता घट्दै गएको छ।
कला, संस्कृति र पहिचान झल्किने गरेको राजधानी काठमाडौंमा पछिल्लो समय कंक्रिटका संरचनाहरू बढिरहेको हो।
सहरमा विकाससँगै कंक्रिटका ठूलाठूला गगनचुम्बी भवनहरू बनिरहेका छन् जसले प्राकृतिक स्वरूप र रंग भने हराउँदै गएको छ।
वरिपरिका हरियाली डाँडाहरू पनि पछिल्लो समय मासिँदै गर्दा काठमाडौं अव्यवस्थित बनेको देखिन्छ।
हेर्नुहोस् तस्बिरहरू: