ललितपुर महानगरले ट्राफिक सचेतनाका लागि अनौठो उपाय अपनाएको छ।
कुपण्डोलदेखि ललितपुरतिर लाग्दै गर्दा बाटोको डिभाइडरमा विभिन्न सुन्दर सन्देशहरू लेखिएका छन्।
सामाजिक सचेतनाका निम्ति ललितपुर महानगरले सडक सचेतानात्मक सन्देशहरू लेखेको हो।
विभिन्न आकार प्रकारका ढुंगाहरूमा ढुंगाको साइज र आकार अनुसारको सन्देशहरू लेखेर यो बाटो ओहोरदोहोर गरिरहने सर्वसाधारणलाई सचेत गराइएको छ। बोटबिरूवाहरूको हरियालीबीच लेखिएको सन्देशले जो कोही मानिसहरूको ध्यान खिच्न सक्छ।
ललितपुर महानगरले 'नमूना सहर योजना' अन्तर्गत यो काम गरेको बताएको छ।
विभिन्न ढुंगाहरूमा सुरक्षित यात्रा गरौं, शुभ यात्रा,शुभ दिन, सुन्दर ललितपुर, ट्राफिक प्रहरी-नगर प्रहरी आदिको टेलिफोन नम्बरलगायत लेखिएको छ। जसले गर्दा बाटो र सहरको सुन्दरता त बढेको छ नै मानिसहरू सुसूचित भएका छन्।
केही तस्बिरहरू:
-1696324287.jpg?timestamp=1696324340417)
-1696324287.jpg?timestamp=1696324340417)
-1696324286.jpg?timestamp=1696324340417)
-1696324286.jpg?timestamp=1696324340417)
-1696324285.jpg?timestamp=1696324340417)
-1696324285.jpg?timestamp=1696324340417)
-1696324285.jpg?timestamp=1696324340417)
-1696324285.jpg?timestamp=1696324340417)
-1696324284.jpg?timestamp=1696324340417)
(1)-1696324283.jpg?timestamp=1696324340417)
-1696324283.jpg?timestamp=1696324340417)
-1696324284.jpg?timestamp=1696324340417)
-1696324284.jpg?timestamp=1696324340417)
-1696324283.jpg?timestamp=1696324340417)
-1696324283.jpg?timestamp=1696324340417)