राजधानीको वसन्तपुरमा बुधबार सामूहिक कुमारी पूजा गरिएको छ।
मंगलबार हनुमानढोकामा यः सिं (लिंगो) ठड्याएर आधिकारिक रूपमा इन्द्रजात्रा सुरू भएसँगै दोस्रो दिन आज कुमारी पूजा गरिएको हो।
कुमारी पूजा बिहान ९ बजेदेखि सुरू भएको थियो।
नेवार समुदायको परम्परामा कुमारी पूजा गर्नाले सुख–शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
इन्द्रजात्रा सुरु भएसँगै आठ दिनसम्म विभिन्न नाचगान, रथयात्रा गरी यो जात्रा मनाइन्छ। कुमारी, गणेश र भैरवको रथयात्रा हुन्छ। तल्लो टोल (कोहने), माथिल्लो टोल (ठहने) र बीचको टोल (नानिचा) मा रथ परिक्रमा गरिन्छ। नानिचाको दिन लिंगो ढालिन्छ र बागमतीमा सेलाएपछि इन्द्रजात्रा समापन हन्छ।
तस्बिरहरूः