काठमाडौं उपत्यकामा इन्द्रजात्रा सुरू भएको छ।
मंगलबार बिहान काठमाडौंको बसन्तपुरस्थित हनुमानढोकामा ३६ हात लामो य:सिं ठड्याएर इन्द्रजात्राको सुरूवात गरिएको हो।
भक्तपुरको चित्तपोलबाट ल्याइएको य:सिं हुनमानढोकामा ठड्याएपछि इन्द्रजात्रा सुरू गर्ने चलन छ। यो य:सिं गाड्ने चलन शाह वंशीय राजा प्रतापसिंह शाहको पालामा सुरू भएको मानिन्छ।
इन्द्र जात्रा सुरू भएसँगै यसको विशेष आकर्षण मानिने पुलुकिसी र लाखेनाच पनि सुरू भएको छ। असोज ११ गते मुख्य दिन गणेश, भैरव र कुमारीको रथयात्रा गरिन्छ।
त्यस दिन काठमाडौं उपत्यकामा बिदा दिइएको छ।
तस्बिरहरू: