अभियन्ता ईः को आन्दोलनमा फुटपाथ व्यवसायीहरूले ऐक्यबद्धता जनाएका छन्।
प्रदर्शनीमार्ग स्थित राष्ट्रिय सभा गृह परिसरमा लगातार छैठौं दिन उभिएर आन्दोलन गरिरहेका अभियान्ता ईः को शान्तिपूर्ण आन्दोलनमा आइतबार फुटपाथ व्यवसायीले पनि सहभागी भएका हुन्।
उनीहरूले काठमाडौं महानगरपालिका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलको विरोधमा विभिन्न नारा उल्लिखित प्लाकार्ड प्रदर्शन गरेका छन्।
उनीहरूले ‘हिजो गरीबको गीत गाउने मान्छे,आज किन बन्ठे भयौ’, ‘गरी खान देऊ’, ‘शहर सबैका लागि कि धनीका लागि मात्रै’ लगायतका नारा उल्लिखित प्लाकार्ड प्रदर्शन गरेका छन्।
अभियान्ता ईः ६ दिनदेखि काठमाडौं महानगरपालिकाको कार्यालय राष्ट्रिय सभागृह परिसरमा उभिएर प्रदर्शन गरिरहेका छन्।
उनीहरूले फुटपाथ व्यवसायलाई व्यवस्थित बनाउनुपर्ने, गरिखान दिनुपर्ने लगायतका माग राखेका छन्।
तस्बिरहरूः