संविधान दिवस भव्यताका साथ मनाइएको छ।
आज बिहान टुँडिखेलमा भव्य समारोह गरी सरकारले संविधान दिवस मनाएको हो।
सो अवसरमा नेपाली सेनाको हेलिकोप्टरबाट ‘संविधान दिवस, २०८०’ लेखिएको ब्यानर प्रदर्शन तथा पृष्पवृष्टि गरिएको थियो।
त्यस्तै मैदानबाट रङ्गीचङ्गी बेलुन र शान्तिका दूत परेवा उडाइनुका साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विभिन्न टोलीबाट मार्चपास तथा सांगितिक प्रस्तुति गरिएको थियो।
काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकाद्वारा सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो भने सूचना तथा प्रसारण विभागबाट प्रकाशित ‘नेपाल’ द्वैमासिकको संविधान दिवस विशेषाङ्क विमोचन गरिएको थियो।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरू, काठमाडौं महानगरका प्रमुख बालेन शाह लगायत सरकारका उच्च पदस्थ व्यक्तिहरू सहभागी थिए।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’भने विदेशमा रहेकाले आजको समारोहमा उपस्थित छैनन्। उनी संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्कमा छन्।
समारोहमा कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सम्बोधन गरेका थिए।।
तस्बिरहरूः