भक्तपुरको सूर्यविनायकदेखि काडमाडौंको रत्नपार्कसम्म द्रुत बस सेवा सुरू हुने भएको छ।
त्यसका लागि अहिले सडकमा धमाधम डेडिकेटेड लेन बनाउने काम भइरहेको छ।
भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंको रत्नपार्कसम्म द्रुत बस सेवाका लागि सडक विभागले रातो रङ पोतेर लेन छुट्ट्याउन थालेको छ।
संविधान दिवसको अवसर पारेर बुधबार (असोज ३ गते) देखि द्रुत बस सेवा सुरू हुनेछ। नेपाल यातायात व्यवसायी महासंघको सहकार्यमा सुरूमा २५ वटा बस सञ्चालनमा आउने यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले जानकारी दिए।
द्रूत बस सेवाअन्तर्गत चल्न यी बस बिहान ९ देखि ११ बजेसम्म र साँझ ४ देखि ६ बजेको समयमा चल्नेछन्। यो समयमा उक्त डेडिकेटेड लेनमा अन्य सवारी साधन चल्न पाउने छैनन्। एम्बुलेन्स, शववाहन, दमकललगायत अत्यावश्यक सेवाका सवारी साधनलाई भने रोक लगाइने छने।
बिहान ९ बजेदेखि ११ बजेसम्म अब सार्वजनिक सवारीले एकतर्फी सडकमा पनि दुबै तर्फबाट गुड्न पाउने भएको छ। उक्त लेन र नियम प्राइभेट नम्बर प्लेटका सवारी साधनलाई लागु नहुने बताइएको छ।
सडक विभागका तर्फबाट केएएम कन्स्ट्रक्सनले दुई दिनभित्र भक्तपुरदेखि लैनचौरसम्म रंग पोतेर सक्ने गरी पाँच वटा मेसिनले धमाधम रङ लगाउने काम गरिरहेको छ।
अब उक्त सार्वजनिक सवारीको निम्ति छुट्टयाएको लेनमा निजी गाडीहरू गुड्न पाउने छैन भने कार्यालय समयमा उक्त लेनमा निजी गाडी गुडाउनेलाई ट्राफिक प्रहरीले कारबाही गर्ने केएमसी कन्ट्रक्सनका साइड म्यानेजर जितु सुवेदीले बताए।
तस्बिरहरू: