काठमाडौंको बबरमहलमा रहेको बबरमहल भवनको पुनर्निर्माण गरिएको छ।
वि.सं. १९६६-६७ मा बनेको यो भवन सुरूमा थापाथली दरबारको एक हिस्सा थियो।
तत्कालीन प्रधानमन्त्री चन्द्रशम्शेर राणाले आफ्ना माहिला छोरा बबरशम्शेरलाई यो भवन उपहार दिएपछि यसको नाम बबरमहल रहन गएको थियो। पछि यो भवन नेपाल सरकारले किनेको थियो।
यो भवनमा अहिले सडक विभाग छ। सडक विभागले नै यो भवन पुनर्निर्माण गरिरहेको हो।
तस्बिरहरू: