विश्वकर्मा पूजाका लागि विश्वकर्माको मूर्ति बनाउन कालिगढहरूलाई यतिबेला चटारो छ।
असोज १ गते विश्वकर्मा पूजा गरिन्छ। यसपटक पहिलाको तुलनामा मूर्ति बनाउन भ्याइनभ्याइ भएको कुपन्डोलको गुसिंगाल बस्ने पुरन पण्डित कुमाल बताउँछन्।
परिवारसहित बसेका उनले विश्वकर्मा, गणेश, दुर्गा, सरस्वती लगायतका मूर्तिहरू बनाउँदै आएका छन्।
कोरोनाकालमा घाटामा परेका उनीहरूले यस वर्ष मूर्तिका लागि ठूलो संख्यामा अर्डर पाएकाले केही राहतको महसुस गरेका छन्।
अहिले विश्वकर्माको मूर्ति सात हजारदेखि २८ हजारसम्मको बनाउने गरेको उनी बताउँछन्।
तस्बिरहरू: