सर्भिस लेन बनाउने र ढल बिछ्याउने काम भइरहेकाले अहिले गोंगबु-सामाखुसीको चक्रपथ घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुने गरेको छ।
कहिले धुलाम्ये त कहिले हिलाम्ये सडकमा यात्रा गर्नुपर्दा नागरिकले सास्ती व्यहोर्नु परेको छ। सडक निर्माणको काम सुस्त भएकाले सास्तीका दिन लम्बिइरहेको स्थानीयको गुनासो छ।
यो सडक खण्डमा पैदल यात्रीलाई बाटो पाउन मुस्किल छ भने पानी परेको बेला सवारी साधन पनि खाल्डोमा पर्ने जोखिम देखिन्छ।
हेर्नुस् तस्बिरहरू: