यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले यसवर्षको गाईजात्रा मनाएको छ।
नेपालका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका अभियान्ताहरूले यस पर्वलाई नेपाली मौलिक 'प्राइड परेड' वा 'गौरव यात्रा'को संज्ञा दिने गरेका छन्।
नेपालको यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले पनि सन् २००४ देखि हरेक वर्ष यस पर्वलाई अलग ढंगले मनाउँदै आएको छ।
यस दिन नेपालका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायभित्र विभिन्न लाञ्छना र भेदभावका कारण मृत्युवरण भएका व्यक्तिहरूको सम्झना र शोकसहित मैनबत्ती प्रज्वलनको कार्यक्रमसँगै, आफ्नो साँस्कृतिक पहिचान र लैंगिक पहिचान प्रस्तुत गर्ने वेशभूषा वा पहिरनमा यस समुदायका व्यक्तिहरूले यात्रा गर्ने प्रचलन हरेक वर्ष गर्दै आएको छ।
तेस्रोलिंगी तथा पारलिंगी व्यक्ति र विविध लैंगिक प्रस्तुति भएका व्यक्तिहरूले भेला भएर आफ्नो लैंगिक पहिचान प्रस्तुत गर्ने, आफ्ना पहिचानमाथि गर्व गर्दै उत्सवको रूपमा सार्वजनिक उद्घोष गर्ने, मृत समुदायका व्यक्तिप्रति शोक प्रकट गर्ने र समुदायमाथि हुने लाञ्छना विभेद घृणाविरूद्ध र समुदायको अधिकारका लागि आवाज उठान गर्ने उद्देश्यले यस समुदायले गाईजात्रा पर्वको दिनलाई मनाउने गरेको छ।
यस समुदायका लागि कार्य गर्ने विविध संस्थाहरू र अधिकारकर्मीले यस दिन गौरव यात्रा गर्ने, गीत संगीत तथा नाटक जस्ता सिर्जनात्मक प्रस्तुतिसहित उत्सव कार्यक्रम आयोजना गर्ने, दीप प्रज्वलनलगायत विविध कार्यक्रम गर्दै आएका छन्।
तस्बिरहरू: