अखिल (क्रान्तिकारी) सहित ८ वटा विद्यार्थी संगठन (संयुक्त विद्यार्थी आन्दोलन) ले शिक्षामा निजीकरण र व्यापारीकरणको अन्त्य गर्न माग गर्दै आन्दोलन गरेका छन्।
शिक्षाको सम्पूर्ण दायित्व राज्यले बहन गर्ने गरी शिक्षा ऐन जारी गर्न, साथै विश्वविद्यालयलगायत समग्र शैक्षिक क्षेत्रका समस्याको दीर्घकालीन समाधान गर्न माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन्।
उनीहरूले 'विश्वविद्यालयमा दलीय भागबन्डाको अन्त्य गर', 'शिक्षित जनशक्ति बेरोजगार बन्नुपर्ने र शिक्षाका नाममा प्रतिभा र पुँजी पलायनको समस्या शिक्षा ऐनद्वारा समाधान गर', 'शिक्षाको पूर्ण दायित्व राज्यले बहन गर', लगायत नाराका प्लाकार्ड बोकेर माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्।
तस्बिरहरू: