काठमाडौं उपत्यकामा भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार गए रातिदेखि काठमाडौंमा निरन्तर वर्षा भइरहेको छ।
वर्षातका कारण उपत्यकाका नदीनाला, खोल्सामा बाढीको आएको छ।
विष्णुमती नदीले जल सतह पार गर्दा तटीय क्षेत्र डुबानमा परेका छन्। बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै बाढीले जलसतह बढ्दो क्रममा रहेकाले बिहान ११ः०० बजेसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
बिहानैदेखिको अविरल वर्षाका कारण विष्णुमती नदीमा आएको बाढीले टोखा नगरपालिका-९ का विभिन्न क्षेत्र डुबानमा परेको छ।
बाढीले दीपज्योति आवासीय विद्यालय, प्रहरी बिट दीपज्योति लगायत त्यसवरपरका घर जलमग्न भएका छन्।
यता सामाखुसी खोलामा बहाव बढ्दा रानीबारी जलाम्य हुन पुगेको छ।
धोबी खोलाले जल सतह पार गर्दा अनामनगर क्षेत्र डुबानको जोखिममा परेको छ।नदी किनारका केही घरको भुइँ तलामा पानी पसिकेको स्थानीयले बताएका छन्।
तस्बिरहरूः